४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

चिनियाँ नेता ली काठमाडाैँमा, स्वागतका लागि सभामुख नै विमानस्थलमा (फोटोफिचर)

२७ भदौ, काठमाडौँ । तीन दिने भ्रमणका लागि चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौँ आइपुगेका छन । चाङ्सु दिउँसो सवा ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन । प्रतिनिधिसभाका सभामुख अग्नि सपाकोटाको निमन्त्रणमा चाङ्सु भ्रमणमा आएका हुन  ।

सभामुखको सचिवालयले चाङ्सुले गर्ने सबै राजनीतिक भेटघाट संसद भवन नयाँ बानेश्वरमा हुने जनाएको छ । उनी चाइना कम्युनिस्ट पार्टीका तेस्रो वरियता नेता हुन । तीन दिने भ्रमणमा उनले महत्वपूर्ण भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

चाङ्सुको भ्रमण टोलीमा सय जना सदस्य रहने बताइएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्ययक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गर्नेछन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १६:११