४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

राष्ट्रिय शोककै समयमा सभामुख अग्नि सापकोटाको आयोजनामा आज सोल्टीमा रात्रीभोज

२७ भदौ, काठमाडौँ । नेपाल सरकारले बेलायती महारानी एलिजावेथको निधनमा घोषणा गरेको राष्ट्रिय शोकको बीचमा सोमबार सभामुख अग्नि सापकोटाले सोल्टी होटलमा रात्रीभोज दिने भएका छन । सरकारले राष्ट्रिय शोकको घोषणा गरेको आज तेस्रो दिन हो ।

आजै चिनियाँ जनकांग्रेसका अध्यक्षसहितको पाहुनाको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन । उनको भोजमा पूर्व सभामुखहरू, पूर्व प्रधानमन्त्रीहरू मन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायत शीर्ष नेतालाइ निमन्त्रणा दिइएको छ । यद्यपी राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियो शोकको बीचमा भएको रात्रीभोजमा आफू सहभागी नहुने बताएका छन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १०:३५