राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्याे
२६ भदाै, काठमाडाैं । आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेकाे सचिव फुँयालले जानकारी दिए ।
प्रकाशित मिति : September 11, 2022 at 11:52 am









