३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

२६ भदाै, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले गत भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। उक्त हकप्रदमा आज भदौ २६ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण बिक्री खुला अवधि अब भदौ ३१ गतेसम्मका लागि थप गरिएको धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार ११:२९