हेलिकप्टर चढेर एमाले प्रवेश गरेका नुवाकोटका चर्चित सुनबहादुर सुटुक्क कांग्रेसमै फर्किए
२५ भदौ, नुवाकोट । २०७४ सालको स्थानीय निर्वाचनपछि नुवाकोटको एउटा चर्चित नाम बन्यो सुनबहादुर तामाङ । सुनबहादुर त्यसै चर्चित भने भएका थिएनन् । उनी माथि चारसय भन्दा बढी चेली भारतमा लगेर बेचेको र भारतमै कोठी चलाएको आरोप लागेको थियो ।
यद्यपी उनले उक्त मुद्दाबाट सफाइ पाए । तर पीडितहरूले अझै पनि सुनबहादुर माथि आरोप लगाउन छाडेका छैनन् । उनी जसरी अदालतबाट छुटेको भए पनि दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्षका रूपमा इतिहासमा सूचिकृत भएका छन ।
यो पनि पढ्नुहोस्
नुवाकोट दुप्चेश्वरका चर्चित वडा अध्यक्ष सुनबहादुर तामाङ अब एमाले नेता
३७ वर्षको जेल सजाय तोकिएर सफाइ पाएका सुनबहादुर रिहाइपछि कांग्रेस नेताले साटे खुशी
चार सय महिला बेचेको आरोप लागेका कांग्रेसका नेता सुनबहादुरलाई उच्च अदालतको सफाइ
वेश्यालय सञ्चालक कांग्रेस नेता सुनबहादुर तमाङ सर्वोच्चको आदेशमा रिहा
चार सय महिला बेचेको अभियोग लागेका कांग्रेस नेता सुनबहादुरलार्इ ३७ वर्ष जेल सजाय
सुनबहादुर वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचन अघि गत वैशाख १२ गते अन्य तीन जना कांग्रेस नेतासँगै एमाले प्रवेश गरेका थिए । दुप्चेश्वरबाट हेलिकप्टर चढेर काठमाडौँ आएर एमाले प्रवेश गरेका सुनबहादुर उम्मेदवारी दर्तामा एमाले नेताहरूसँगै रहेको भए पनि त्यसपछि एमाले नेताहरूको सम्पर्कमा छैनन् ।
रोचक त के छ भने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली र सुनबहादुरको बीचमा मीतको साइनो छ । सुनबहादुरका धेरै मित छन स्थानीय चुनावमा कांग्रेसबाट दुप्चेश्वरमा उनका मित नै पर्ने बीरबहादुर तामाङ उम्मेदवार भएपछि आफूसँगै एमाले प्रवेश गरेका कृष्णबहादुर स्याङ्तानलाई पनि उनले सहयोग गरेरनन् । यद्यपी उनले मीत नै नेतृत्वमा रहेको पार्टीमा सक्रियता भने देखाएनन् ।

दुप्चेश्वरका एमाले नेताहरूका अनुसार प्रचारमा हिड्न कर गर्ने एमाले नेताहरूलाई सुनबहादुरले वडा अध्यक्षमा मितनै उम्मेदवार रहेका कारण आफूले देखिने गरी गतिबिधि गर्न नमिल्ने बताउने गरेका थिए । त्यसपछि गुमनाम सुनबहादुर पछिल्लो पटक एमालेको कुनै पनि गतिबिधिमा नरहेको एमाले दुप्चेश्वरले जनाएको छ ।
सुनबहादुर त्यसपछि नेपाली कांग्रेसकै गतिबिधिमा केन्द्रीत रहेको एमाले नेताहरू बताउँछन । सुनबहादुर स्वयंलाई कुराकानीका लागि सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । कांग्रेसका नेताहरूले भने सुनबहादुर आफूहरूसँगै रहेको बताएका छन ।
सोही समयमा एमाले प्रवेश गरेका योविन्द्रसिंह तामाङले हेलिकप्टरमा चढेरै गाउँपालिकाको टिकट बोकेर गएका थिए उनलाई बलियो साथ दिएर त्यतिखेरै एमाले प्रवेश गरेका सुशील खड्का हाल एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य छन भने प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’को उम्मेदवारका रूपमा बलराम आचार्य लगायत ८ जनासँगै क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीबाट सिफारिसमा परेका छन ।
त्यतिखेर एमाले प्रवेश गरेका चार जनामा दुई जनाले एमालेको टिकट लिएर चुनाव लडिसकेका छन भने सुनबहादुरले एमाले नै छाडेका छन बाँकी सुशीलले पनि टिकटमाथिको दाबीमा निरन्तर अडान लिइरहेका छन ।
प्रकाशित मिति : 18:44









