१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सन्दीपको बचाउमा देखिएका गायक शिव परियारले बलात्कृतलाई वेश्याको उपमा दिए

२३ भदौ, काठमाडौँ । गायक तथा सर्जक शिव परियारले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको बचाउमा आफूलाई प्रस्तुत गर्दै बलात्कृत नाबालिकलाई वेश्याको उपमा दिएका छन । सामाजिक सञ्जालमा मार्फत आक्रोशित भावमा प्रतिक्रिया दिँदै उनले बलात्कार व्यवसायको भण्डाफोर गर्न अपिल समेत गरेका छन ।

सन्दीप लामिछानेमाथि बलात्कारको अभियोगमा किटानी जाहेरी लिएर प्रहरीले अनुसन्धान अघि बढाएपछि उनका फ्यानहरू आक्रोशित भएका छन । तर शिवले आक्रोश भन्दा पनि पीडितमाथि गलत शब्दको प्रयोग गरेका छन । उनले गलत आक्षेप समेत लगाएका छन ।

फेसबुकमा दुई वटा भेरिफाइड पेज भएका शिले स्टाटसमा भनेका छन, ‘सम्माननिय नेपाल सरकार | यो पेशेवर पिडित भनौंदाहरुलाई पनि व्यस्थित गरि कारवाहि गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउँने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारिहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपयाअ अनुसन्धान होस । होईन भने बलात्कारि आरोपको प्रधान मन्त्री, बलात्कारि आरोपको मेयर, बलात्कारि आरोपको कलाकार, बलात्कारि आरोपको संस्कृत बिद, बलात्कारि आरोपको बैग्यानिक, बलात्कारि आरोपको किसान, बलात्कारि आरोपको शिक्षाबिद, बलात्कारि आरोपको खेलाडी, बलात्कारि आरोपको सामाज सेवि, भएको देश नेपाल हो भनेर बिश्व मान चित्रमा दर्ज हुन बेर लाग्ने छैन | यि बलात्कारि गिरोहको पर्दाफास र सन्निकट हुन जरुरि देख्दछु मैले | कृपया यति बेला सबै बर्ग, सम्प्रदाय ! जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । माझ्याक्ने शिव परियार’

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०८:४६