राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी (भिडियाे)
२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् ।
प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १४:४६