३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने प्रचण्डको दावी (भिडियाे)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गरेका छन । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै बुधबारसम्म सवै टुङ्गो लाग्ने बताए ।

गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दावी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उनले बताए । त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको बताए । संसदको आयु लम्ब्याउन तिर जान नहुने बिषयमा गठबन्धनमा सहमति जुटिसकेको उनको भनाई छ ।

प्रचण्डले संसदको आयुका बिषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको जिकिर गरे । उनले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रुपमा अघि बढ्ने समेत बताए ।

प्रकाशित मिति : September 6, 2022 at 12:17 pm