होण्डाको “दशैंको शुभ लाभ” नामक आकर्षक उपहार योजना सार्वजनिक
२० भदाै, काठमाडाैं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले पाउन स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् ।
यस्तै १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको कम्पनीले जनाएकाे छ । यो योजना २०७९ भदाै २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने कमपनीले जनाएकाे छ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १८:२९