३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रतिनिधिसभा निर्वाचन : एमाले बाराबाट आठ जनाको नाम सिफारिस

१९ भदौ, बारा । नेकपा एमाले बाराले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुरुषोत्तम पौडेल, अच्यूत प्रसाद मैनाली र मंजु साहको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बलबीर चौधरीको एकल नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ देवनारायण चौधरीको एकल नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : September 4, 2022 at 7:37 pm