नुवाकोट १ ‘ख’मा एमालेबाट पूर्णलाल श्रेष्ठ सिफारिस, समानुपातिकमा सात जनाको सूची
१८ भदौ, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा नेकपा एमालेबाट प्रत्यक्षतर्फ १ जना र समानुपातिकमा सात जनाको नाम सिफारिस भएको छ । शुक्रबार भएको प्रदेश समन्वय कमिटीको बैठकले प्रत्यक्ष र समानुपातिक दुबैमान नामहरू सर्वसम्मत सिफारिस गरेको नेता राजेन्द्रप्रकाश पाण्डेले दैनिकीलाई जानकारी दिए ।
पाण्डेका अनुसार प्रत्यक्षमा प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकको सूचीका लागि राजु लामा, केशर सेञ्चुरी, मुकुन्द आचार्य, दुर्गा पुडासैनी, विमला कार्की, सानुमाया तामाङ र कल्पना न्यौपानेको नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति : September 3, 2022 at 10:17 am









