३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

पत्रकार महेश दास पर्सा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस

१७ भदाै, वीरगञ्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ (ख) को प्रत्यक्ष तर्फ केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा बीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दास सहित ५ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय समिति क्षेत्र न २ को ख को आयोजना मा भएको बैठक ले प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको छ । बैठक ले श्याम गुप्ता , रुप नारायण प्रसाद , हरेराम पटेल र खुर्रम आलम को नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा को समानुपातिक तर्फ हरि शंकरलाल कर्ण, हिरामतीदेवी कुर्मी , शशिवाला देवी, नुतन सरावगी, अफजल हुसेन, शारा खातुन को नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय कमिटी का संयोजक अफजल हुसेन को सभापतित्वमा भएको बैठक मा प्रमुख अतिथि केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य जिल्ला सह इन्चार्ज अरबिन्द सिंह ,जिल्ला अध्यक्ष जयप्रकाश थारु, बीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दास , सचिव सुन्दर कुर्मी लगायत को उपस्थिति थियो ।

प्रकाशित मिति : September 2, 2022 at 4:06 pm