१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

१६ भदाै काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पढाएको छ । बिहीबारबाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढाएर पठाएको हो । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ । यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १७:१७