१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सिद्धार्थ बैंकको बैंकिङ्ग सेवा ३ दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ्ग सेवा तथा कारोबार ३ दिन प्रभावित हुने भएको छ । एक सूचना प्रकाशन गर्दै हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ्ग प्रणाली (Core Banking System) लाई परिवर्तन गरी थप सुविधा सहितको Finacle Core Banking System प्रयोगमा ल्याउने क्रममा ३ दिनको लागि बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको हो।

बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालिन (Evening) काउन्टरहरु, भदौ १८ गते शनिबार बिदा (Holiday) काउन्टरहरु र भदौ १९ गते आइतबार सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द रहने छन् । त्यस्तै भदौ १७ गते शुक्रबार बेलुका ६ बजे पश्चात् इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ATM, Card (Credit/Prepaid Card बाहेक), रेमिट्यान्स लगायत अन्य सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द हुने बैंकले जनाएको छ ।

Core Banking System परिवर्तन पश्चात् ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने बैंकले जनाएको छ। उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ्ग कारोबार उल्लेखित मिति अगावै गरी सहयोग गरिदिन समेत बैंकले आग्रह गरेको छ।

थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००२० वा इमेल [email protected] मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

प्रकाशित मिति : September 1, 2022 at 11:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/