१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२४ बुँदे माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

१५ भदाै, काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरुले आन्दोलनमा उत्रिएका हुन् ।

‘आफ्ना मागको सुनुवाइ नहुने देखेपछि आन्दोलनमा उत्रिनुपरेको र जबसम्म माग पूरा हुँदैन पछि हट्ने कर्मचारीहरुले जनाएका छन् । बुधबारदेखि कर्मचारीहरुले विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई १ साताको समयसीमा दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १३:५०