२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बेलकोटगढी र तारकेश्वरमा पाँच वर्ष सरकार चलाएको एमालेको पार्टी प्रशिक्षण सिसाैघारीमा

१२ भदाै, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पाँच वर्ष सरकार चलाएको नेकपा (एमाले) पार्टीको प्रशिक्ष सञ्चालनका लागि त्रिशुली नदी किनारको सिसाैघारीमा पुगेको छ । आइतबार एमालेको बेलकोटगढी र तारकेश्वरको संयुक्त प्रशिक्षण कार्यक्रम बेलकोटगढी वडा नम्बर ८ मा रहेको त्रिशुली किनारको सिसौघारीमा सञ्चालन भएको हो ।

पाँच वर्ष सरकार चलाउँदा एउटा सार्वजनिक हल समेत निर्माण गर्न नसकेको देखिएको छ । हुनत दुबै पालिकामा एमालेले पालिकाको प्रशासनीक भवन समेत बनाउन सकेको थिएन । पाँच वर्ष सत्तारूढ बनेको एमाले प्रतिपक्षी भएपछि पार्टीको गाउँस्तरीय बन्द प्रशिक्षणका लागि त्रिशुली नदी किनारको सिसाैघारीमा पुगेपछि सामाजिक सञ्जालमा नेता कार्यकर्ताले ‘…. लाई भन्दा देख्नेलाई लाज’ भन्दै टिप्पणी गरेका छन।

एमालेले दुबै पालिकामा प्रशिक्षण गर्ने उपयुक्त हलको अभावमा टेन्ट गाडेर सिसाैघारीमा प्रशिक्षण सञ्चालन गरिएको जनाएको छ । कतिपय नेताहरूले भने नदीले दुबै पालिकाको सीमा छुट्याएका कारण संयुक्त प्रशिक्षण भएकाले नदीकै किरानामा गर्नुपरेको बताएका छन ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको एमालेको प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू विष्णु लोहनी, वासुदेव कडुवाल, नारायण बस्नेत, जिल्ला कमिटीका उपाध्यक्ष बुद्धि प्रधान, उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्यहरू यम खतिवडा र नवराज तिवारी तथा बेलकोटगढी नगरकमिटीको अध्यक्ष रूपा सापकोटाले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : 20:10