भ्रष्टाचारमा माधव नेपाल जेल जाने भएपछि हामीले जोगाइदिएका हाैः मिनेन्द्र रिजाल
१० भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक जीवन जोगाइदिनका लागि केपी शर्मा ओलीको सत्ता ढालेको बताएका छन ।
ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुने विजयकुमारको ‘प्राइम टाइम वीथ विजयकुमार’ कार्यक्रममा डा रिजालले नेपालको राजनीतिक जीवन जोगाइदिनका लागि शेरबहादुर देउवा अघि सरकोर ओलीको सत्ता विदा गरेको बताए । उनले बालुवाटार जग्गा प्रकरणमा माधवकुमार नेपाललाई जेल हाल्ने तयारी भएकाले देउवालाई अघि सारेर माधव नेपालको राजनीतिक जीवन बचाइदिएको बताए ।
उनले भनेका छन, ‘बाहिर सार्वजनिक भएको छैन, जब माधवजीलाई एउटा विन्दुमा के आशंका भने बालुवाटार जग्गा प्रहरणमा उहाँलाई जबर्जस्ती अख्तियार लगाउने तयारी हुँदैछ, उहाँलाई थुन्ने तयारी हुँदैछ भन्ने भएपछि शेरबहादुर देउवका लागि एउटा समय के आयो भने अब ओलीजीलाई विदा गर्ने भन्दा पनि कसैको राजनीतिक जीवन शून्य पुर्याइदै छ भनेपछि उसलाई जोगाउन लागि गठबन्धन बनाउने कुरा भयो ।’
बालुवाटार जग्गा को भ्रष्टाचार को कान्ड मा माधव नेपाल लाइ अख्तियार ले जेल पठाउने सुइंको पाए पछि यो गठबन्धन बनेर केपी ओलि को सरकार ढालेर माधव नेपाल लाइ जोगाउन शेर बहादुर देउवा प्रधानमन्त्रि बन्नुभएको हो । @kpsharmaoli @ncp_madhavnepal @SherBDeuba @MinendraRijal pic.twitter.com/HGTIuHZEEJ
— मनिष -सिमरा (@hellosimara) August 26, 2022
यो विषयमा नेकपा एमालेका स्थायी कमिटी सदस्य माधव नेपालका तत्कालीन विश्वासपात्र रघुजी पन्तले पनि माधव नेपालमाथि भ्रष्टाचारको कारबाही हुनेभएछि ओलीकोविरूद्धमा लाग्नुपरेको बताएका थिए ।
यो पनि पढ्नुहोस्
-प्रचण्ड र माधव नेपाललाई भ्रष्टाचार मुद्दा लाग्ने भएपछि सरकार ढाल्न कसिएको रघु पन्तको खुलासा
प्रकाशित मिति : 21:43









