१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

प्रचण्ड र माधव नेपाललाई भ्रष्टाचार मुद्दा लाग्ने भएपछि सरकार ढाल्न कसिएको रघु पन्तको खुलासा

१९ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासपात्र रघुजी पन्तले सनसनीपूर्ण अभिव्यक्ति दिएका छन । हिमालय टेलिभिजनमा पत्रकार दिपेन्द्र कुँवरसँग कुरा गर्दै नेता पन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालई भ्रष्टाचार मुद्दा लाग्ने भएपछि सरकार ढाल्न कसिएको बताएका छन ।

उनले भनेका छन  ‘बारम्बार आग्रह गरेको हो । पार्टी राम्रोसँग चलाउँ । एक अर्का नेताले अर्काको सम्मान गरौँ । सहयोद्धा हो । प्रतिस्पर्धी र प्रतिद्धन्द्धी जसरी भए पनि सिध्याउनुपर्ने रु माधव नेपाललाइ लगेर चाहिँ ललिता निवासको केसमा फसाउन खोज्ने अथवा प्रचण्डलाइ कुनै मुद्दा लगाएर फसाउने वातावरण बनाएर मैदान खाली गर्ने यो जे खालको खेला भैरहेको छ । यसले नै हो हाम्रो पार्टीमा अन्तरद्धन्द्ध र विवाद सर्जना भएको । यस्तो खेल बन्द हुनुपर्छ ।’

उनले संकेत गरेको ललिता निवासको भष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भैसकेको छ भने लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको मुद्दा अख्तियार दुरूपयोग अनुस्न्धान आयोगमा रहेको छ । पार्टीको अन्तरद्धन्द्ध चर्किदै जाँदा र सरकार ढाल्ने भनेर विपक्षीसँगको मोर्चाबन्दी प्रचण्ड-नेपाल समूहले कसिलो बनाउँदै लैजाँदा पन्तले ओकलेको यो विषय कति सत्य हो भन्ने विषय सरकारको आगामी दिनको काम गराइले निर्धारण गर्ने नै छ । पन्तले ललिता निवासको प्रकरणमा अनुसन्धान गरेर सरकारले गलत गरेको आशय व्यक्त गरे ।

प्रकाशित मिति : 22:23