३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रदीप गिरीको पार्थिव शरिर बिहान ११ बजेसम्म मेडसिटीमा, त्यसपछि कांग्रेस कार्यालयमा

५ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्यष्टी आजै गरिने भएको छ ।

उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसा् गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९:०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि विहान ११:३० देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।

प्रकाशित मिति : August 21, 2022 at 8:18 am