३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रिय युवा संघ नेपालले चाबहिल–गौशाला क्षेत्रको फोहर उठायो (फोटोफिचर)

१ भदाै, काठमाडौँ । दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँस्थित चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरेको छ । युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त उक्त अभियान अन्तर्गत तेस्रो दिन ६ टिपर फोहर संकलन भएको हो ।

पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन गरिरहेको छ । गर्दै गरेको छ । काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको हो । त्यस्तै अभियानको दोस्रो दिन अर्थात् मंगलबार कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो ।

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनले भने,‘यो अभियान हाम्रो आह्वान हो, अपिल पनि हो, सबै आऔँ फोहर उठाऔँ ।’

त्यस्तै संघका उपाध्यक्ष तथा युथ फोर्स विभागका प्रमुख पुष्पराज श्रेष्ठले फोहर संकलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर संचालन गरिने र फोहर विसर्जन गर्ने स्थलसम्म पुराइने बताए । सडकबाट उठेको फोहर विसर्जन केन्द्रमा लगेर सही तरिकाले व्यवस्थापन गरिनेसमेत कार्यक्रमका व्यवस्थापकसमेत रहेका श्रेष्ठले जानकारी दिए । अभियानको चौँथो दिन बिहीबार पनि राजधानीमै एक क्षेत्रमा फोहर संकलन गरिने युवा संघले जनाएको छ ।

प्रकाशित मिति : August 17, 2022 at 9:34 pm