१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

टानमा माओवादी सोत्तर हुने संकेत, बास्तोलाको समूह भारी मतले अगाडि (मतसहित)

३० साउन, काठमाडाैँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को नेतृत्वमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू सोत्तरहुने संकेत देखिएको छ । पहिलो पाँच सय मतगणनामा माओवादीको प्यानलका सबै उम्मेदवार भारी मतले पछि परेका छन ।

अध्यक्षमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकटको निलहरी बाँस्तोलाले २०९ मतले माओवादी निकटका कमल सापकोटालाइ पछि पारेका छन । पाँच सय मतगणना हुँदा बाँस्तोलाले ३३९ मत ल्याएका छन भने सापकोटाले १३० मत ल्याएका छन । अन्य सबै पदमा पनि बाँस्तोला समूहका उम्मेदवारले अग्रता कायम गरेका छन ।

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठी उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार २२:५५