२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

एनआईसी एशिया बैंकद्धारा बचत खाताको बीमा अन्तर्गत ३० लाख भुक्तानी

३० साउन, काठमाडाैं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले खातावालको परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम भुक्तानी गरेको हो । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बीमा प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेसडर बचत खाता खोलेका स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी छन् ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : August 15, 2022 at 8:28 pm