मुख्यमन्त्रीहरूको पहिलो भेला पोखरामा, कर्णाली प्रदेशका मुख्यमन्त्री अनुपस्थित
२१ भदाै, कास्की । मुख्यमन्त्रीहरूको पहिलो भेला पोखरामा सुरू भएको छ । पहिलो भेलामै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने अनुपस्थित रहेका छन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मुख्यमन्त्रीको भेला भएको हो ।
सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । भेलामा सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा छलफल हुने बताइएको छ । अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा भएको यस भेलालार्इ महत्वपूर्ण मानिएको छ ।
प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १०:४६