१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

टानमा कमल समूहलाई मेरो समर्थन छैन, हस्ताक्षर दुरूपयोग भयोः एनएमए अध्यक्ष शेर्पा

२९ साउन, काठमाडौँ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा निरू शेर्पाले टानको चुनावमा आफ्नो समर्थन कमल सापकोटा समूहलाई नभएको प्रष्ट पारेका छन । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले साझा कामका लागि भनेर संकलन गरिएको आफ्नो हस्ताक्षर माओवादी निकटको कमल सापकोटा समूहले दुरूपयोग गरेको भन्दै उक्त हस्ताक्षर फिर्ता लिएको बताएका छन । उनले आफ्नो हस्ताक्षर गलत प्रोयजनमा प्रयोग गरेको बताएका छन । सापकोटाको समूहले गोयबल्स शैलीमा शेर्पाको समर्थन रहेको भन्दै प्रचार गरेपछि उनले स्पष्टिकरण दिएका हुन । शेर्पाको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार २२:२०