२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

विम्स्टेकका कुनै पनि संयन्त्रमा सैन्य अभ्यासबारे छलफल भएको छैनः मन्त्री ज्ञवाली

२० भदाै, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा सैन्य अभ्यास गर्ने भन्ने विषय नै समावेश नभएको बताएका छन ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै बुधबार मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको प्रष्ट पारे।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै मन्त्री ज्ञवालीले बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल नभएको बताए ।

प्रकाशित मिति : 16:26