१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नुवाकोटको ककनीमा भीषण पहिरो, पासाङल्हामु राजमार्ग पूर्ण बन्द

१८ साउन, नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा गएको भीषण पहिरोका कारण पासाङल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । मंगलबार साँझ ६ बजे गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ र ६ को बीचमा पर्ने सिस्नेरीमा माथिबाट डाँडै खसेको स्थानीयले बताउका छन । प्रहरीले पहिरो पन्छाउने काममा समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : 09:43