५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रपति भण्डारी उत्तरगया धाम बेत्रावतीमा, त्रिशुलीमा स्नान (फोटोफिचर)


६ साउन, नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले नुवाकोट र रसुवाको संगमस्थल उत्तरगया धाम बेत्रावतीको अवलोकन गरेकी छिन । शुक्रबार बिहान राष्ट्रपति उत्तरगया आइपुगेकी थिइन ।

राष्ट्रपतिले करिब १ घण्टा ३० मिनेट उत्तरगया धाममा बिताएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिकीलाइ जानकारी दिए । राष्ट्रपतिले त्रिशुली नदीमा स्नान गरेर विष्णु विष्णुपादुकामा पूजा गरेको र माथि राममन्दिरको पनि दर्शन गरेको जानकारी अध्यक्ष अर्यालले दिए । उनले राष्ट्रपतिलाइ गाउँपालिकाको तर्फबाट स्वागत गरिएको जानकारी पनि दिए ।

राष्ट्रपति भण्डारीले नेपाल तिव्वत चीनसन्धी ‘वेत्रावती सन्धि’ भएको स्थानको समेत अवलोकन गरेकी थिइन । सन्धिको विषयमा थप जानकारी स्थानीय अस्टमान डंगोलले दिएका थिए । राष्ट्रपतिले उत्तरगया क्षेत्रमा पृतिलाई तर्पण तथा भगवान राम मन्दिरमा स्थानीय पुजारी बसन्त लामिछाने मार्फत् पूजा गराएकी थिइन ।

सो अवसरमा रसुवा जिल्लाका जिल्ला समवन्य समितिका अध्यक्षसहितको टोलीलसँग उत्तरगया क्षेत्रको विषयमा जानकारी गराएको थियो । सो अवसरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल पनि सहभागी रहेका थिए ।

राष्ट्रपति भण्डारीलाइ उतरगया गाउपालिकाले उत्तरगया क्षेत्रको वारेमा लिखित डकुमेन्ट प्रदान गरेको छ छ। वेत्रावती सन्धि निर्माणस्थलको संरक्षणका लागि लिखित डकुमेन्ट राष्ट्रपति कार्यलयसम्म एक हप्ताभित्र पठाउन सो अवसरमा राष्ट्रपतिले निर्देशन दिएकी थिइन ।

राष्ट्रपतिले नुवाकोटमा बनेको पृथ्वी संग्राहलय पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको संरक्षणमा बनिरहेको पृथ्वी संग्राहलयमा पृथ्वीनारायण साहको नुवाकोटसँग सम्बन्धित सामग्रीहरू राखिने छ । बेत्रावतीमा राष्ट्रपतिको गतिबिधि तस्बीरमा हेर्न सकिन्छ । तस्बिरहरूः उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङको फेसबुक वालबाट साभार । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:२६