४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रपति विद्यादेवी भण्डारी नुवाकोट जाँदै, उत्तरगया धाम र पृथ्वी संग्राहलयको अवलोकन गर्ने


६ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज नुवाकोट जाँदै छिन । अहिले बिहान ९ः३० बजे राष्ट्रपति भण्डारी नुवाकोट जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयल स्रोतले जनाएको छ । राष्ट्रपतिले नुवाकोटमा बनेको पृथ्वी संग्राहलय र उत्तरगया धाम (बेत्रावती)को अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको संरक्षणमा बनिरहेको पृथ्वी संग्राहलयमा पृथ्वीनारायण साहको नुवाकोटसँग सम्बन्धित सामग्रीहरू राखिने छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०९:०८