१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बाढीले मेलम्ची–हेलम्बु सडक अबरुद्ध


५ साउन, मेलम्ची । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिनुभयो ।

यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताउनुभयो । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १०:१५

https://srdb.com.np/