३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

जनार्दन शर्माको आर्थिक अपराध सार्वजनिक गर्ने पत्रकारसँग पनि सोधपुछ हुने


३ साउन, काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधको बारेमा समाचार लेख्ने पत्रकारसँग पनि संसदीय छानविन विशेष समितिले सोधपुछ गर्ने भएको छ ।

आर्थिक अपराधका बारेमा छानविन गरिरहेको समितिले तथ्य र प्रमाण खोज्नेक्रममा पत्रकारसँग पनि जानकारी लिन लागेको समितिकी सदस्य विमला बिकले जानकारी दिइन ।

उनका अनुसार उक्त समाचार लेख्ने पत्रकारहरू सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ हुनेछ । समितिले समाचारमा उल्लेख भएको जस्तो तथ्य कहिँ नभेटेकाले पत्रकारको सहायता लिन खोजिएको बुझिएको छ। समाचार पछि चर्को जनदबाबका बीचमा संसदले  छानविन समिति गठनगरेपछि शर्माले पदबाट राजिनामा दिएका थिए ।

(भुलसुधारः यसअघि समाचारमा अन्नपूर्ण पोस्टका सम्पादकको नाम र तस्बीरको प्रयोग भएकोमा क्षमायाचनासहित हटाएका छाैँ- सम्पादक)

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार २०:५५