६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

विवादित मन्त्री विमला वलीले दिइन् राजीनामा


१५ असार, काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले एमाले-माओवादी ब्युँतिएपछि वैशाख १९ मा पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १४:१५