२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नुवाकोटको ककनीमा पहिरो पीडितको घर बनाउन गाउँपालिका अध्यक्ष आफैँ श्रमदानमा


१२ असार, नुवाकोट । नुवाकोटको ककनीमा पहिरो पीडितको घर बनाउन गाउँपालिका अध्यक्ष सुमन पाख्रीन सज्जन आफैँ श्रमदानमा लागेका छन । ककनी गाउँपालिकाको वडा नम्बर ५ को ढुंगेनमा पहिरोबाट विस्थापित भएका पीडितको अस्थायी टहरा बनाउने काममा सुरक्षाकर्मी र स्थानीयसँगै गाउँपालिका अध्यक्ष तामाङ पनि श्रमदानमा जुटेका हुन ।

शुक्रबार रातिको अविरल वर्षाको कारण ककनीको वडा नम्बर ५ ढुंगेनमा गएको पहिरोबाट विस्थापित भएकाहरूका लागि शनिबार अस्थायी टहरा बनाइएको थियो । पहिरोले १२ घरपरिवार विस्थापित भएका छन । उक्त घरपरिवारलाई स्थानान्तरण गर्नका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायतको पहलकदमीमा अस्थायी टहरा निर्माण गरिएको छ ।

पहिरो पीडितको घर बनाउन बाँस बोक्दै गाउँपालिका अध्यक्ष सुमन पाख्रीन सज्जन ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १०:३३