१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

राष्ट्रियसभाको तीन समितिको सभापति निर्विरोध, कांग्रेसले पाएको भागमा उम्मेदवारी नै परेन

१२ भदाै, काठमाडाैँ । राष्ट्रियसभाका तीन वटा विषयगत समितिको सभापति निर्विरोध भएका छन । तीन वटा समितिको सभापतिका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको छ ।  नेकपाले नेपाली कांग्रेसको भागमा छाडिदिएको एउटा समितिमा भने उम्मेदपारी पर्न सकेन ।

राष्ट्रियसभा सचिव राजेन्द्र फूयाँलका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी (पर्वती) रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले उम्मेदवारीको उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेका कारण उनीहरू तीनै जना निर्विरोध भएका छन । यद्पी भोलि बस्ने समितिको बैठकले उनीहरूलार्इ निर्वाचित गर्नेछ ।

नेपाली कांग्रेसको अन्तरिवरोध र उपयुक्त उम्मेदवार नपाउँदा राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेन । उक्त समिति नेकपाले नेपाली कांग्रेसको भागमा छाडिदिएको छ ।

समितिको सभापतिमा निर्विरोध भएका विधायन व्यवस्थापन समितिका गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिका उम्मेदवार थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका उम्मेदवार बिडारी तीनै जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १८:२७