त्रिविमा नेविसंघले सत्ताको आडमा ताला लगाएको भन्दै भीम रावलले जनाए बिरोध
२५ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा भीमबहादुर रावलले त्रिभुवन विश्व विद्यालयमा कांग्रेसले गरेको गलत राजनीतिको बिरोध जनाएका छन । ट्वीटर मार्फत नेता रावलले त्रिभुवन विश्वविद्यालयमा कांग्रेसले नेविसंघ प्रयोग गरेर ताला लगाएको भन्दै बिरोध जनाएका हुन।
उनले भनेका छन, ‘त्रिभुवन विश्वविद्यालयमा कांग्रेसी विद्यार्थीले लामो समयदेखि सत्ताको आडमा ताला लगाएका छन् । यही हो प्रमं देउवा सरकारको विश्वविद्यालयलाई उत्कृष्ट केन्द्र बनाउने भनेको ? शिक्षा र ज्ञान आर्जनको केन्द्रमा बलजफ्ति ताला लगाउँदा गठबन्धन सरकारलाई लाज किन लाग्दैन ? जिम्मेवारी वोध गरिएको खोई ?’
प्रकाशित मिति : June 8, 2022 at 2:06 pm









