२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

आफ्नै पार्टीका नेताहरुले मलाई बद्नाम गर्न खाजेः मन्त्री आले

२४ जेठ, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुलाई बद्नाम गर्न खाजेको बताएका छन् ।

मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका हुन् ।

मन्त्री आलेले आफुलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरे । आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताए । उनले बतास समूहबिरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरे । मन्त्री ओलीले पशुपति क्षेत्रको बिकासका लागि त्यहा भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : June 7, 2022 at 1:14 pm