८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माधव नेपालप्रति भीम रावलको कटाक्षः कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिए

२३ जेठ, काठमाडाैँ । नेकपा (एमाले) नेता डा भीमबहादुर रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति निर्वस्त मैदानमा देखिएको भन्दै कटाक्ष गरेका छन । नेपालको पार्टीले आइतबार चार मन्त्रीलाई फिर्ता बोलाएको विषयमा ट्वीट मार्फत टिप्पणी गर्दै नेता रावलले कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिएको बताएका छन ।

उनले भनेका छन, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’

 

प्रकाशित मिति : June 6, 2022 at 12:05 pm