आगामी चुनाव एमालेले जित्नुपर्छ, कमजाेरीको समिक्षा गरेर अघि बढाैँः नेता रावल
२३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता डा भीमबहादुर रावलले अागमी निर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै त्यसका लागि कमजोरीहरूको समिक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन । पछिल्लो समय नेकपा एमालेभित्र कमिटीगत भूमिकामा नरहेका रावलले सोमबार बिहान ट्वीट मार्फत यस्तो माग गरेका हुन ।
डा रावलले देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको र त्यो पूरा गर्न एमालेले आगामी चुनाउ जित्नु पर्ने बताएका छन । रावलले कमजोरी समिक्षा नगरी उल्टोबाटो हिड्दा झन पराजय व्यहोर्ने अवस्था हुनेतर्फ समेत सचेत गराएका छन ।
डा रावलले भनका छन, ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो।यसका लागि आगामी चुनाउ जित्नु पर्छ।कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।’
देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो।यसका लागि आगामी चुनाउ जित्नु पर्छ।कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022
प्रकाशित मिति : June 6, 2022 at 10:41 am









