एकता अघि संगठनलाई प्रभावकारी बनाउन अनेरास्ववियुले लियो महत्वपूर्ण निर्णय (विज्ञप्तिसहित)
१० भदौ, काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीसँग एकताको अन्तिम तयारीमा रहेको अनेरास्ववियुले स्थायी कमिटीको बैठकबाट महत्वपूर्ण निर्णय लिएको छ । अनेरास्ववियुले वर्तमान कार्यसमितिमा रहेकालाई विदा गर्न र नयाँ मनोनित गर्नका निम्ति मापदण्ड तयार गरेको अनेरास्ववयिुका महासचिव ऐन महरले जानकारी दिए ।
महासचिव महरका संगठनलाई गतिशिल र प्रभावकारी बनाउन ८ बुँदे मापदण्ड तयार भएको छ । जसमा विदेशमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुलाई विदा गर्ने, स्थायी रुपमा सरकारी सेवामा रहेका कर्मचारीलाई विदा गर्ने, पूर्ण रुपमा जागिर खानेहरुलाई जागिर वा अनेरास्ववियु दुई मध्ये एक रोज्न लगाउने, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिलाई विदा गर्ने रहेका छन ।
यस्तै राज्यको सेवा सुविधा लिएर राजनैतिक नियुक्ति लिएका व्यक्तिलाई विदाइ गर्ने र त्यसअघि उनीहरुलाई अनेरास्ववियु वा राजनीतिक जिम्मेवारी दुई मध्ये एक रोज्न लगाउने निर्णय समेत भएको महासचिव महरले जानकारी दिए । त्यस्तै अब निजी शिक्षण संस्थाका सञ्चालक, पूर्ण रुपमा निष्क्रिय व्यक्ति र पार्टीका अन्य जनवर्गिय संगठनमा समेत रहेकाले अनेरास्ववियुको महत्वपूर्ण जिम्मेवारी पाउनेछैनन् ।
महासचिव महरका अनुसार एकता लागि अनेरास्ववियुले तोकिएको संख्या पूर्ति गर्न मनोनित गर्दा समेत मापदण्ड तयार गरेको छ । जसमा राष्ट्रिय परिषद् सदस्य मध्येबाट, विभागिय सचिव मध्येबाट, पूर्व अञ्चल कमिटीमा रहेर काम गरेका क्रियाशिल मध्येबाट, विश्वविद्यालय राष्ट्रिय कमिटीका पदाधिकारी मध्येबाट, निवर्तमान तथा वर्तमान जिल्ला कमिटीका पदाधिकारी मध्येबाट र ठूला तथा आंगिक क्याम्पसका अध्यक्ष तथा स्ववियु सभापति भएका मध्येबाट केन्द्रीय कमिटीमा मनोनित गरिनेछ ।
अनेरास्ववियुको स्थायी कमिटीले तोकिएको मापदण्ड भन्दा बाहिर रहेका व्यक्ति केन्द्रीय कमिटीमा मनोनित भएमा तीन महिनाभित्र हेरफेर गर्न सकिनेसमेत निर्णय गरेको छ । एकताको सम्पूर्ण तयारी पूरा भएपनि नेतृत्व पूर्व कुन संगठनले पाउने भन्नेमा आझै अन्योलता देखिएको छ । यद्यपी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठन पूर्व एमालेको भागमा राख्न चाहेकाले अनेरास्ववियुले नै नेतृत्व पाउने बुझिएको छ । जसमा एकता कार्यदलले महासचिव एेन महरलार्इ अध्यक्षका लागि प्रस्ताव गरेको छ ।
विगतदेखि नै विद्यार्थी अान्दोलनको नेता संगठन भनेर चिनिएको अनेरास्ववियुले पार्टीको नेता उत्पादनमामात्रै होइन अाम जनचासोकाे विषय सम्बाेधन गर्नका निम्ति पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विद्यार्थीको हकहितका निम्ति अाफ्नै पार्टीको सरकारविरूद्ध समेत सडक निस्केको इतिहास बोकेको अनेरास्ववियु भावनाका हिसाबले अाम नेपाली विद्यार्थीको संगठनका रूपमा परिचित छ । जसकारण अोलीले अनेरास्ववियुको नेतृत्व पूर्व एमालेको भागमा राख्न चाहेका छन ।
प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १८:२०