८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्राकृतिक स्रोतको उपयोगबाट सुदुरपश्चिम क्षेत्रको आर्थिक विकास गर्नुपर्छः प्रधानमन्त्री देउवा

२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन । आइतबार काठमाडौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताए ।

प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदुरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाइ छ ।

त्यस्तै देउवाले सुदुरपश्चिमलाई बिकासको हव बनाउनका लागि दोधरा चादनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान बिकासका लागि सवैको सहकार्य आवश्यकतामा जोड दिए ।

प्रकाशित मिति : June 5, 2022 at 3:44 pm