कांग्रेसले राम्रोसँग भोट नदिँदा हाम्रा उम्मेदवार पराजित भएः माधवकुमार नेपाल
२२ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका हुन ।
समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उहाले बताउनुभयो । माओवादीभित्र पनि यस्तै स्थीति रहेको उहाको भनाई छ । उहाले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रसंसा गरे ।
प्रकाशित मिति : June 5, 2022 at 3:36 pm









