प्रचण्ड फकाउन खुमलटार पुगे गृहमन्त्री बालकृष्ण खाँड
२१ जेठ, काठमाडौँ । नेपाली कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल फकाउन प्रचण्ड निवास खुमलटार पुगेका छन । फेरि वाम एकता र तालमेलको कुरा चल्नथालेपछि त्रसित बनेको कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रूपमा खाँडलाइ प्रचण्डकोमा पठाएको हो ।
गृहमन्त्रीको सचिवालयले भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाएपनि माओवादी र समाजवादीका नेताहरूले वाम गठन्धनको कुरा चर्को स्वरमा बोल्न थालेपछि प्रचण्ड फकाउन देउवाको दूत बनेर गएको बुझिएको छ ।
पछिल्लो दिनमा माओवादीको प्रशिक्षण कार्यक्रम मार्फत कांग्रेसलाई एमालेलाई जस्तो ठीक पार्नु नपरोस भन्दै चेतावनी दिएका थिए । प्रचण्डले कांग्रेसमा अहमता पलाएको भन्दै एमालेलाई जस्तो ठीक पार्ने दिन नओस भन्ने कामना गरेका थिए । उनले स्थानीय निर्वाचनमा पनि गठबन्धनको नामममा केही धोका भएको र सबैठाउँमा गठबन्धन हुन नसकेको बताएका थिए । उनले संघीय चुनावमा पनि कांग्रेसले तस्तै गर्न खोजेको आभाष भएको बताएका थिए । यद्यपी उनले गठबन्धन अघि बढ्नुपर्नेमा आफू रहेको बताएका थिए ।
प्रकाशित मिति : June 4, 2022 at 4:30 pm









