२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सोनिया गान्धीलाई कोरोना संक्रमण


१९ जेठ, काठमाडाैँ । नयाँ दिल्ली–भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ ।

बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:४४