कञ्चनपुर घटनाको महान्यायाधिवक्ताको नेतृत्वमा अनुसन्धान गर्न प्रा डा युवराज संग्राैलाको सुझाव
१० भदाै, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले कञ्चनपुर घटनाको महान्यायाधिवक्ताको नेतृत्वमा अनुसन्धान गर्नुपर्ने सुझाव दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी गर्दै प्रा डा संग्राैलाले कन्चनपुरको घटनामा भ्रस्टाचारबाट सम्पत्ति कमाएर बिगारेका ठुलाबडाका छोरा संलग्न छ्न भन्ने पक्का भैसकेको भन्दै तत्काल अपराधको अनुसन्धान गरि अपराधीहरूलाईलाई सजाय गर्ने कार्य भएन भने जनताले बिद्रोह गर्ने सम्भावना रहेको बताएका छन ।
प्रा डा संग्राैलाले फेसबुकमा लेखेको टिप्पणी
कन्चनपुरको घटनामा भ्रस्टाचारबाट सम्पत्ति कमाएर बिगारेका ठुलाबडाका छोरा संलग्न छ्न भन्ने पक्का भैसकेको छ। तत्काल अपराधको अनुसन्धान गरि अपराधीहरूलाईलाई सजाय गर्ने कार्य भएन भने जनताले बिद्रोह गर्ने छ्न। यो समाजको सामान्य प्रक्रिया हो। गृहमन्त्री ज्युको ठूलो असफलता हो यो सिक्नु होस। महान्यायाधिवक्ताले तत्काल नेतृत्व लिएर अनुसन्धान गर्नु पर्यो।
१. अहिलेको कानुन अनुसार यो बलात्कार र हत्याको जघन्य अपराध हो। यस्मा आजिवन काराबासको सजाय हुन्छ। मृत्युदण्डकोलागि होइन अपराधीलाई सजायका लागि आन्दोलन गरौं।
२. नेता तथा कर्मचारी ज्युहरु यो ३१ बर्ष पढाउंदा मैले देखेको छु। तपाईंहरुमध्य कतिका छोराछोरीको हालत हेर्दा तपाईहरुले घुस खाएको देखिन्छ, परिणाम धन कमाउनु भयो सन्तान गुमाउनु भयो।
३. प्रधानमन्त्री ज्यु अपाराधीलाइ सजायको दायरामा ल्याउनुहोस। जो सुकै होस। यहाँ निर्मलामात्रै होइन हाम्रा सबै नेपाली छोरीहरु आंतकित भएका छ्न।
४. प्रहरी साथीहरू बिबेकले काम गर्नु होस अब त कसैको दास बन्न छोड्नु होस।
५. प्रतिपक्षले न्यायको सम्बर्द्धन गर्ने होला, राजनिती गर्ने होइन होला।
६. समाजलाइ नैतिक बनाउ, अनैतिक होइन।
७. बुद्धिको प्रयोग गरौं आन्दोलनमा लुगाको होइन।
प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार ०८:१०