८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले बागमतीले प्रश्न सोध्दै माग्यो समिक्षा प्रतिवेदन, तीन बाटोबाट समिक्षा हुँदै

१८ जेठ, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले तीन वटा बाटोबाट चुनावको समिक्षा गर्ने भएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनका सन्दर्भमा एमालेको बागमती प्रदेश कमिटीले तीन वटा बाटोबाट चुनावको समिक्षा गर्न लागेको हो ।

मंगलबार ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयमा भएको पादधिकारी बैठकले जिल्ला कमिटी, सम्बन्धित स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार र प्रदेश कमिटीका सदस्यहरूबाट व्यक्तिगत रूपमा पनि समक्षाको प्रतिवेदन लिने गरेको प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाले जानकारी दिए ।

उनले तीनै प्रकारको समिक्षा प्रतिवेदनका लागि बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेको हस्ताक्षरमा परिपत्र भैसकेको जानकारी दिए । एमालेले जेठ २५ भित्रमा समिक्षा प्रतिवेदन पठाउन अनुरोध गरेको छ । प्रदेश कमिटीले समिक्षा प्रतिवेदन तयारीका लागि प्रमुख र उपप्रमुखको उम्मेदवारका लागि ३, जिल्ला कमिटीका लागि ५ र प्रदेश कमिटीका सदस्षका लागि ६ प्रश्न गरिएको छ ।

एमाले बागमती प्रदेश कमिटीले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीका तर्फबाट उम्मेदवार भएका प्रमुख र उपप्रमुखसँग तीन बुँदामा समिक्षा मागेको छ । जसमा एक बुँदामा जित वा हारको कारण के हुनसक्छ भनेर सम्बन्धित उम्मेदवारलाई उसको कुरा राख्ने अवसर दिइएको छ । परिपत्रमा उल्लेख गरिएको तीन बुँदा यस्ता छन ।

प्रदेश कमिटीले जिल्ला कमिटीसँग पाँच बुँदमा समिक्षा मागेको छ । जसमा निर्वाचन परिचालन योजनादेखि प्रदेशलाई दिने सुझावसम्म समेटिएका छन । यस्ता छन जिल्ला कमिटीबाट मागिएको समिक्षाका लागि दिइएका प्रश्न ।

त्यस्तै पार्टीका प्रदेश संगठन कमिटीका सदस्यहरूबाट पनि एमालेले सुझावसहितको समिक्षा मागेको छ । प्रदेश कमिटीका सदस्यलाई एमालेले सात प्रश्न गरेको छ । प्रदेश कमिटीका सबै सदस्यसँग यो प्रश्न गरिएको र समिक्षा प्रतिवेदन मागिएको प्रदेश कमिटीले जनाएको छ । यस्ता छन समिक्षाका प्रतिवेदनका लागि प्रश्नहरू ।

प्रकाशित मिति : June 1, 2022 at 12:21 pm