निर्मला हत्याबारे प्रदेश ७ का २३ सांसदको संयुक्त आह्वानः हिंसात्मक बाटोमा अग्रसर नहुनुस
९ भदाै, काठमाडाैँ । प्रदेश नं ७ बाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने २३ जना सांसदले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि उत्पन्न असामान्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बद्ध सबैमा जिम्मेवारी बोधका साथ एकताबद्ध हुन आह्वान गरेका छन ।
शनिबारअपराह्न छ बुँदे प्रेस वक्तव्य जारी गर्दै सांसदहरूले निर्मला हत्या प्रकरणको उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन । वार्ता र संयमको बाटो अपनाउन सबैमा अनुरोध गर्दै उनीहरूले हिंसात्मक बाटोमा अग्रसर नहुन पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।
राजनीतिक दलका सरोकारवाला सबैलाई संयमित भएर दोषी पत्ता लगाउन तथा कानूनको पालना गर्न अनुरोध गर्दै वक्तव्य जारी गर्ने सांसदहरूमा भीम रावल, झपट रावल, निरुदेवी पाल, दीपकप्रकाश भट्ट, हरिराम चौधरी, यज्ञ बोगटी, निरा जैरु, आशा विकलगायत रहेका छन ।


प्रकाशित मिति : August 25, 2018 at 11:19 pm









