सरकारले ल्याएको बजेट चूनावमूखी र मत माग्ने हिसावकाे मात्रै भएकाे एमालेकाे निष्कर्ष
१६ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट बिशुद्ध चूनावमूखी र मत माग्ने हिसावले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकि चूनावमूखी र मत माग्ने हिसावले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।
सरकारले २५ बर्षको पुरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसावले अध्ययनशिल भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरि प्रस्तुत हुन निर्देशन दिएको भट्टराईले बताए । बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरु, बिज्ञ, योजना आयोगका उपाध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : May 30, 2022 at 8:00 pm









