९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

आगामी वर्ष कृषि उत्पादनको अभियान वर्ष घोषणा

१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थि वर्ष २०७९/८० को आगामी वर्ष कृषि उत्पादनको अभियान वर्ष घोषणा गरेका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष कृषिमा उत्पादनको अभियान वर्षका रुपमा अगाडि बढाइने बताएका हुन् ।

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:२८