एमालेबाट फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई ‘प्रचण्ड’को खुला चूनौति
१४ जेठ, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तर्फबाट फेरी पनि प्रधानमन्त्री भएर देखाउन एमाले अध्यक्ष केपी ओलीलाई चूनौति दिएका छन । प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै प्रचण्डले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन ।
उनले ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने र संसद् आएर सरकार र गठबन्धनले जबरजस्ती ग¥यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको धारणा राखे । प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उनको भनाई छ ।
प्रचण्डले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए । प्रचण्डले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरेकै कारण त्यसको जवाफ निर्वाचनमार्फत जनताले दिएको जिकिर गरे ।
स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने नै अहिलेको मुख्य बिषय भएको उनले बताए । त्यस्तै प्रचण्डले संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताए ।
प्रचण्डले नीति तथा कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुे विश्वास व्यक्त व्यक्त गरे । अध्यक्ष प्रचण्डले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको जानकारी दिए ।
प्रकाशित मिति : May 28, 2022 at 9:28 pm







