कांग्रेस महामन्त्री गगन थापामा मानवियता हराएछः सचेतक चाैधरी
१४ जेठ, काठमाडाैँ । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामा मानवता हराउँदै गएको बताएकी छिन । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले गठबन्धनको मोहले थापालाई मानवता हराउँदै गएको बताएकी हुन ।
सचेतक चौधरीले भनेकी छिन्, ’गगन जी! तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ । तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’
सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा थापाले केपी ओलीलाई निर्वाचनको हारपछि रन्थनिएका बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको बताएका थिए ।
प्रकाशित मिति : May 28, 2022 at 5:28 pm









