निर्मला हत्या प्रकरणः शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने नेकपाको निर्णय
९ भदाै, काठमाडाैँ । कञ्चनपुर घटनापछि उत्पन्न परिस्थितिको समिक्षा गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अपराधिलार्इ उक्साउने र हिंसा भडाउने जस्ता गतिबिधि नगर्न अपिल समेत गरेको छ ।
नेकपाले सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।
बैठकमा देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको भएको थियो ।
प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ११:२१